१२ आश्विन २०८१, शनिबार

नयाँ मन्त्रीको सुची तयार गर्दै ओली र प्रचण्ड, को-को मन्त्री बन्दैछन् ?


प्रचण्ड,ओली

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । मन्त्रिमण्डल पुर्नगठनलाई टुंगोमा पुर्याउन
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच वन टु वन वार्ता भइरहेको छ ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठनका लागि मापदण्डसहितको प्रस्ताव सचिवालय बैठकमै अगाडि सारिसके पनि टुंगोमा पुगेको छैन । आजको बैठकले मन्त्री बनाउनका लागि मापदण्ड बनाएर बढ्न सहमति गर्ने अपेक्षा गरिएको छ ।

स्रोतका अनुसार नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल,र सुरेन्द्र पाण्डे र पुर्वमाओवादीको तर्फवाटजनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ । अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा शर्माको नाम पक्कापक्की देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !