काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकाले हालै देशभित्र वा विदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएका आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको घोषणा गरेको विषयमा टिप्पणी गरेका छन् । अमेरिकी पछिल्लो उक्त घोषणाले अब स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको श्रेष्ठलेको भनाई छ ।
राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,”अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ । यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ।यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र’ !”