१ मंसिर २०८१, शनिबार

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश


नेपाल कम्युनिष्ट पार्टी

कञ्चनपुर, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् ।

नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई पार्टी प्रवेश गराएको हो । नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उहाँहरु सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !