९ मंसिर २०८१, आइतबार

ओलीको सत्ता संकट आउँदा साथ दिएका यी मन्त्रीले मात्र निरन्तरता पाउने


केपी शर्मा ओली

काठमाडौं, ३० भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्दा आफूलाई संकटमा पर्दा साथ दिनेलाई अवसर दिने मापदण्ड बनाएको बुझिएको छ । अब सरकारमा ओलीलाई संकट पर्दा साथ दिने मन्त्रीहरु मात्र रहने भएका छन् । रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीलाई संकट पर्दा साथ दिएका थिए । त्यसैले गर्दा पनि उनीहरु सरकारमै रहनेछन् ।

ओलीको सत्ता संकट आउँदा निकै साथ दिएका बामदेव गौतमलाई उपप्रधानमन्त्री बताउने तयारी भएको छ । तर गौतम ओली र प्रचण्ड समूहमा आउने जाने पात्र हुन् । ओलीको सत्ता संकट आउँदा निकै साथ दिने मन्त्रीहरु लेखराज भट्ट, योगेश भट्टराई र घनश्याम भुषाल पनि सरकारमै रहने बुझिएको छ । भानुभक्त ढकाल र शिवमाया तुम्वाहाम्फे पनि सरकारमै रहने बुझिएको छ ।

नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयमा लाने तयारी भएको छ । शक्ति बस्नेत, वर्षमान पुन, गिरिराजमणि पोखरेल, पद्मा अर्याल, विना मगरलगायतलाई बिदा गर्ने ओलीको तयारी छ । ओलीले सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई नियुक्ति गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !