१२ असार २०८१, बुधबार

ओली-दाहालको प्रतिवेदनमाथि माधव नेपाललाई ‘नोट अफ डिसेन्ट’ लेख्न क-कसले रोक्यो ?


माधव कुमार नेपाल

काठमाडौं, २६ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि वरिष्ठ नेता माधव कुमार नेपालले विरोध पनि नगर्ने र समर्थपनि नगर्ने भएका छन् ।

अध्यक्षद्धयले पेश गरेको प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । तर वरिष्ठ नेता नेपाल असन्तुष्ट रहेको बुझिएको छ । नेता नेपाल समूहका नेताहरु डा. भीम बहादुर रावल र सुरेन्द्र पाण्डेले नेपाललाई भेटेर नोट अफ डिसेन्ट नलेख्न आग्रह गरेका थिए । नेता नेपाललाई आफ्नो समूहका नेताहरुले अहिले ‘पर्ख र हेर’ को नीतिका साथ अघि बढ्न सुझाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !