८ मंसिर २०८१, शनिबार

नेकपा सचिवालय बैठक सकिएलगत्तै देउवा किन पुगे ओली र प्रचण्डलाई भेट्न बालुवाटार ?


देउवा, केपी शर्मा ओली

काठमाडौ, १ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । देउवा बालुवाटार छिर्नुलाई अर्थपूर्ण मानिएको छ ।

आजको प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति देउवाको त्रिपक्षीय बैठकमा संवैधानिक आयोगको नियुक्तिलगायत समसामयिक विषयमा छलफल केन्द्रित भएको बुझिएको छ ।

लामो समय देखि संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न आयोगहरुमा पदहरु खाली छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !