६ जेष्ठ २०८१, आइतबार

चुनाव हारेका बामदेवलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी


बामदेव गौतम, नारायणकाजी श्रेष्ठ

काठमाडौं, १ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विवादलाई मिलाउनको लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएका छन् । लामो समयदेखि प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका गौतमलाई आफू निकट बनाउनको लागि ओलीले विभिन्न खालका उधारो सहमति गर्दै आएका छन् । गौतम केहि समय अगाडीदेखि ओलीको पक्षमा उभिदै आएका छन् ।

पार्टीको विवाद मिलाउनको लागि र ओलीले आफ्नो पद जोगाउनको लागि ओलीले मन्त्री पदको चारो फालेपछि विरोधी समुह तितरबितर भएका छन् । ओलीले हिजो उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर सरकारमा बसेर काम गर्न आग्रह गरेको बुझिएको छ ।

पार्टी र सरकारमा मिलेर काम गर्न ओलीले भनेपछि बामदेवले आफू कठिन जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका थिए । तर, चुनाव हारेकाले कानुनी अड्चन रहेको विषय पनि उठ्यो । त्यसका लागि ओलीले कानुन व्यवसायीसँग परामर्श थाल्ने भएका छन् ।

संविधानमा चुनाव हारेको व्यक्ति सरकारमा जान नमिल्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !