११ असार २०८१, मंगलबार

संसदीय दलका नेतामा कनौडिया


वीरेन्द्रकुमार कनौडिया

खस्यौली, २० साउन । प्रदेश नं ५ को प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेतामा वीरेन्द्रकुमार कनौडिया आज सर्वसम्मत चयन हुुनुुभएको छ । पार्टी संसदीय दलको बैठकले उहाँलाई दलका नेताका रुपमा चयन गरेको प्रदेश नं ५ प्रदेशसभा काङ्ग्रेसका सचेतक निर्मला क्षेत्रीले जानकारी दिनुुभयो । कनौडिया यसअघि दलका उपनेता हुनुुहुन्थ्यो ।

कपिलवस्तु ३ (ख) बाट निर्वाचित उहाँलाई दलका नेतामा प्रमुख सचेतक सुुरेन्द्र हमालले प्रस्ताव र प्रदेशसभा सदस्य डिल्ली चौधरीले समर्थन गर्नुभएको थियो । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरलको निधनपछि कनौडिया कार्यवाहक नेता हुनुुभएको थियो । संसदीय दलका उपनेताको पद भने रिक्त छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !