९ मंसिर २०८१, आइतबार

ओझालाई कारवाही गरेकोमा पौडेलले उठाए अनुशासन समितिमाथि गम्भीर प्रश्न


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ, साउन १५ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कैलालीका नेता पुष्कर ओझालाई स्पष्ट आधार र कारणबिना बागी उमेदवारसंग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निष्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।

आज सामाजिक संजाल फ्फेसबुक पेजमा लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, ”विगत निर्वाचनमा पार्टीका आधिकारीक उमेदवार विरुद्ध उमेदवारी दिने ३२ जना उमेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहूँ क्षेत्र नं १ मा वागी उम्मेदवारी दिने व्यक्तिलाई कारवाही नगरी अहिले आएर सिटिङ्ग संसदको उम्मेदवारी खेसिएका कैलालीका श्री पुश्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उमेदवार संग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीवाट निस्कासनको कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गंभीर प्रश्न उठेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !