२ जेष्ठ २०८१, बुधबार

ओलीले देखेनन् प्रतिस्पर्धी,‘एक जना माडसाप’ चुनावमा सहभागी भएका छन् रे !


kp-oli

कात्तिक २६, झापा । प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्बाचनमा पूर्वप्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रुपमा उभिएका छन, बन्यजन्तु विषयमा विद्यावारिधी गरेका उपप्रध्यापक खगेन्द्र अधिकारी । अधिकारी १७ बर्षे अध्यापक पेसा छाडेर झापा –५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्,‘ म बौद्धिक ब्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’ उता ओलीले निर्बाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे ।

‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिस्पर्धी हुँदैन,’ उनले शुक्रबार दमकस्थित आफ्नो निबासमा भने,‘चुनावमा सहभागी हुनुभयो, स्वागत छ तर मेरो प्रतिस्पर्धी कोही छैन ।’ उनले कांग्रेस उम्मेदवारलाई नचिन्ने भन्दै ‘एक जना माडसाप’ चुनावमा आएको आफूले सुनेको बताए ।

कांग्रेस उम्मेदवार अधिकारीले भने ओलीसँग डराउनुपर्ने कारण के छ ?’उनले भने, ‘मलाई जनताको डर छ, कुरा बुझाउन सक्छु कि सक्दिन भन्ने ।’ उनले यस क्षेत्रलाई अघि बढाउने क्षमता आफूसँग रहेको दाबीसमेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !