११ आश्विन २०८१, शुक्रबार

कांग्रेस र प्रधानमन्त्री देउवाले भ्रमको खेती गरिरहेका छन् : अध्यक्ष ओली


kp-oli

कात्तिक २३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्रका लागि आधा शताब्दी संघर्ष गर्नेहरुबाट लोकतन्त्र खतरामा छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमको खेती गरिरहेको भन्दै रोष प्रकट गरेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा ओलीले देउवा र कांग्रेसले भ्रम छरिरहेको भन्दै त्यस्ता कुरा नसुन्न मतदातालाई आग्रह गरे । उनले चुनावपछि आफुहरु सरकारमा र अहिलेका सत्ताधारी प्रतिपक्षीमा ओर्लने दावी गरे ।
समृद्ध नेपाल बनाउन वाम गठवन्धन गरिएको भन्दै उनले चुनावपछि बन्ने सरकारको सम्पूर्ण ध्यान विकासमा केन्द्रित हुने उल्लेख गरे । यसैबीच, सोही कार्यक्रममा नेपालकै सबैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई नेकपा एमालेमा विलय गराइयो । योसँगै प्रजापरिषदका कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलाल पनि एमालेमै प्रवेश गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !