१२ आश्विन २०८१, शनिबार

स्थिरता र प्रधानमन्त्री ओलीको पक्षमा भरतपुरमा युवा विद्यार्थीको प्रदर्शन


स्थिरता र प्रधानमन्त्री ओलीको पक्षमा भरतपुरमा युवा विद्यार्थीको प्रदर्शन

भरतपुर, १९ असार । स्थिरताको माग गर्दै युवा विद्यार्थीले आज यहाँ प्रदर्शन गरेका छन् । भरतपुरको चौबिसकोठीमा सरकार परिवर्तन गर्न नहुने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थीले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने, सरकार परिवर्तन गर्न नहुने, अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । मास्क र पञ्जा लगाएका प्रदर्शनकारीले सडक किनारामा सामाजिक दूरीसमेत कायम गरेका थिए ।

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका हुन् । भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल केलजसम्म सडक किनारमा प्लेकार्ड र राष्ट्रिय झण्डासहित प्रर्दशन गरिएको थियो । प्रर्दशनमा ठूलो सङ्ख्यामा युवा विद्यार्थीको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !