२ जेष्ठ २०८१, बुधबार

‘पार्टीभित्र राजीनामा मागिएपछि चुनौती झेल्दै ओली’


केपी शर्मा ओली

काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पछिल्लो समय प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ । ओलीको आलोचना भएपछि ओली शुक्रबार स्थायी कमिटि बैठकमा उपस्थिति भएनन् ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालदेखि झलनाथ खनाल, वामदेव गौतम र प्रचण्ड ओलीविरुद्ध लागेपछि ओली प्रधानमन्त्री पद जोगाउन समस्यामा परेका छन् । वामदेवलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत दिएर ओलीले आफ्नो पक्षमा ल्याउने भन्दै प्रस्ताव गरेका थिए । तर गौतमले धेरैचोटी धोका पाइसकेको भन्दै ओलीको उक्त प्रस्ताव ठाडो अस्विकार गरेपछि ओलीको पद संकटमा परेका हुन् ।

यस विषयलाई लिएर भारतीय मिडियाले पनि साचो दिएका छन् । टाइम्स अफ इन्डियाले नेपालको मिडिया रिपोर्ट भन्दै ओलीले पार्टीभित्र राजीनामा मागिएपछि चुनौती झेलिरहेको लेखेको छ । यसअघि बालुवाटार बैठकमा प्रचण्डले ओलीको राजीनामा मागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !