७ जेष्ठ २०८१, सोमबार

सप्तरी–२ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता


कात्तिक १६, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यादवले बिहीबार निर्वाचन आयोगको कार्यालय सप्तरी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवले गृहजिल्लासमेत रहेको सप्तरीबाट पहिलोपटक उम्मेदवारी दिएका छन् । यसअघि, उनी सुनसरीबाट सभासदमा निर्वाचित भएका थिए । यादव नेता–कार्यकर्ता र समर्थकसहित दिउँसो २ बजे उम्मेदवारी मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए । उनलाई सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समर्थन रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !