१३ आश्विन २०८१, आइतबार

संघ र प्रदेशसभा चुनाबका लागि पुरुषभन्दा महिला मतदाता धेरै


कात्तिक १२, दाङ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि दाङमा पुरुषभन्दा महिला मतदाता धेरै रहेका छन् । स्थानीय तह निर्बाचनमाभन्दा यस पटक २ हजारभन्दा बढी महिला मतदाता थपिएका छन् ।

संघ र प्रदेशसभा चुनावका लागि पुरुषभन्दा महिलाको संख्या ६ हजार ७ सय १५ ले बढी रहेको निर्बाचन कार्यालय दाङले जनाएको छ । दाङमा एक लाख ७२ हजार ८ सय ३३ महिला र एक लाख ६६ हजार एक सय १८ जना पुरुष मतदाता रहेको छ । स्थानीय तह चुनावमा ४ हजार २ सय ५८ महिला मतदाता थिए ।

त्यस बेला एक लाख ४७ हजार ७ सय १४ जना महिला र एक लाख ४३ हजार ४ सय ५६ जना पुरुष मतदाता थिए । अब हुने संघ र प्रदेशसभा चुनावमा ३ लाख ३८ हजार ९ सय ५३ जनाले भोट हाल्ने गरी नामावलीमा नाम दर्ता गराएका छन् । १ सय ५१ मतदान स्थल र ३ सय ९४ वटा मतदान केन्द्रमा चुनाब हुने भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !