३१ भाद्र २०८१, सोमबार

जनता समाजवादी संसदीय दलको बैठक बस्दै, सरिता गिरीलाई कारवाही होला त ?


सरिता गिरी

३१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न बैठक आइतबार बिहान ११ बजे बोलाइएको पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए ।

नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधनमा गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !