१२ श्रावण २०८१, शनिबार

छठ पर्वमा बेहुली झैँ सिंगारिएको कमलपोखरी (फोटो फिचर)


छठ पर्वको रौनकले बेहुली झैँ सिंगारिएको कमलपोखरी

१६ कात्तिक, काठमाडौं । २०७२ सालको महाभूकम्पले गर्दा रानीपोखरी क्षतिग्रस्त भएपछी रानीपोखरीको सट्टा काठमाडौँको कमलपोखरीमा  छठ पर्व मनाउन थालिएको हो । छठ पर्वको रौनकले कमलपोखरी बेहुली झैँ सिंगारिएको छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास समेत छ ।

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा विशेष गरी रौनकताका साथ मनाईन्छ । छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइयो भने भोली उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरिन्छ ।

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौं लगायत पहाडमा पनि मनाउन थालिएको हो । केही वर्ष अघिसम्म छठ पर्व तराई-मधेशमा मात्रै सीमित थियो । समयक्रमसँगै छठ पर्व तराई-मधेशको सीमाना नाघेर राष्ट्रिय पर्व बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !