७ पुस २०८१, आइतबार

गौरीघाटमा छठ पर्वको भव्य तयारी (फोटो फिचर)


chad

कार्तिक १५, काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्वका लागि काठमाडौँको गौरीघाट छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बिहीबार स्नान गरी चोखो खाएर बसिन्छ । नदीको छेउमा बसेर पूजा गर्न, दर्शनार्थीहरु नदी वारपार गर्न मिल्ने गरी बाटो बनाइएको छ ।

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौं लगायत पहाडमा पनि मनाउन थालिएको हो । राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको वागमती किनारमा छठघाट निर्माण भइरहेको छ । कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पुजा सकिन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !