८ बैशाख २०८१, शनिबार

छठ पूजाका लागि नयाँ बेहुलीझैँ सिङ्गारियो गौरीघाट (फोटो फिचर)


छठ पूजा गौरीघाट

काठमाडौँ । काठमाडौँको गौरीघाट छठ पूजाका लागि नयाँ बेहुलीझैँ सिङ्गारिएको छ । आज साँझका अस्ताउँदो सूर्यलाई र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने चाड छठ पर्वका लागि गौरीघाट सिङ्गारिएको हो ।

नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्वका लागि काठमाडौँको गौरीघाट छठ पूजाको तयारी गरिएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ ।

छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको वागमती किनारमा छठघाट निर्माण गरिएको हो ।

छठ पूजा गौरीघाटछठ पूजा गौरीघाटछठ पूजा गौरीघाटछठ पूजा गौरीघाटछठ पूजा गौरीघाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !