तिहारमा बालगोपालेश्वर मन्दिरमा लगाइयो सामूहिक भाइटीका (फोटो फिचर) Nepalpatra तिहारमा बालगोपालेश्वर मन्दिरमा लगाइयो सामूहिक भाइटीका (फोटो फिचर)
१४ मंसिर २०७९, बुधबार

तिहारमा बालगोपालेश्वर मन्दिरमा लगाइयो सामूहिक भाइटीका (फोटो फिचर)


बालगोपालेश्वर मन्दिर सामूहिक भाइटीका

काठमाडौँ । तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिए ।

घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् । भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताए ।

यसैबीच, काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटीका लगाइएको छ । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाइ सामूहिक भाइटीका लगाइदिएका हुन् । उनले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटीका लगाइ दिए ।

अञ्जली दिदीले कुनैपनि दाजुभाईको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिइन् । अञ्जली दिदीले विस २०५५ देखि सामूहिक भाइटीका लगाउदै आएका छिन् ।

बालगोपालेश्वर मन्दिर सामूहिक भाइटीकाबालगोपालेश्वर मन्दिर सामूहिक भाइटीकाबालगोपालेश्वर मन्दिर सामूहिक भाइटीकाबालगोपालेश्वर मन्दिर सामूहिक भाइटीकाबालगोपालेश्वर मन्दिर सामूहिक भाइटीकाबालगोपालेश्वर मन्दिर सामूहिक भाइटीकाबालगोपालेश्वर मन्दिर सामूहिक भाइटीकाबालगोपालेश्वर मन्दिर सामूहिक भाइटीका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !