काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्को विशेष बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आज दिउसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको थियो ।
तस्बिर : रोशन सापकोटा, रत्न श्रेष्ठ (रासस)