मनाङ, कार्तिक १५ । विश्वकै अग्लो स्थानमा रहेको मनाङ जिल्लामा अवस्थित तिलिचो ताल पुगेर संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई रमाएर सामाजिक संजाल फेसबुकमा फोटोहरु सेयर गरेका छन् ।
तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा भएकोले स्थलगत अबलोकनका क्रममा थप प्रवर्द्धन गर्नुपर्ने साथै पुर्बाधारको विस्तार गर्नुपर्ने महसुस भएर यसमा तत्काल केहि कदम चालिने पनि उनले बताएका छन् ।
उनका अनुसार हाल बर्षमा करिब ५ लाख केजी स्याऊ बिक्री गर्ने र केहि वर्षपछि करिब २० लाख केजी उत्पादन र बिक्री गर्न सक़्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्यक्ट्रीको अवलोकन अनुकरणीय लागेको बताएका छन् ।
मनाङका सांसद पल्तेन गुरूँगको नेतृत्वमा यो सबै भई रहेको कुरा सबैका लागि थप उत्साहको बिषय भएको उनले उल्लेख गरेका छन् । अन्नपूर्ण र मनास्लु हिम श्रेंग़खलाको काखमा रहेको मनाङ जिल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण रहेको समेत उनले बताएका छन् ।
उनी मनाङका सांसद गुरुङ, स्थानीय जनप्रतिनिधिज़्यूहरू, नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी, मनाङका सिडिओ, मनाङका डिएसपी, केसी गुरूङ लगायत अन्यसँग तिलिचो ताल अवलोकनको लागि गएको पनि उनले बताएका छन् ।
तस्वीर सौजन्य : पर्यटनमन्त्री योगेश भट्टराईको फेसबुक पेजवाट