काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरअघि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
घिमिरेको पार्थिव शरीरमा छोराहरुले दागबत्ती दिएका छन् । १०१ वर्षका उमेरमा सोमबार साँझ ५ः५५ बजे आफ्नै निवास काठमाडौँको लैनचौरमा निधन भएको हो । स्व घिमिरेका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।