७ जेष्ठ २०८१, सोमबार

जि. फोर. एस. नेपालमा सूची दर्ता गर्ने बारेको सूचना


जि. फोर. एस. नेपाल

काठमाडौँ । ISO ९००१ : २०१५ प्रमाणित अन्तर्राष्ट्रिय मान्यता प्राप्त जि. फोर. एस. सेक्युरिटी सर्भिसेज् नेपाल प्रा. लि. मा आर्थिक वर्ष २०२४ (ई. सं.) को लागि देहाय बमोजिमका आवश्यक सेवा/सामग्रीहरु आपूर्ति गर्नुपर्ने भएकोले उक्त सामग्रीहरु आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक कम्पनी/संस्था/फर्महरुको सेवा/सामग्रीहरुको दररेट सहितको सूची दर्ता गर्न यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफूले आपूर्ति गर्ने सामान तथा सेवाको विवरण कम्पनी/संस्था/फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्वर (PAN/VAT) दर्ता प्रमाणपत्र तथा मूल्य अभिबृद्धिकर दर्ता प्रमाणपत्र नविकरण समेतको प्रमाणित प्रतिलिपि संलग्न राखी यस कम्पनीको केन्द्रीय कार्यालय, ईच्छुनदी मार्ग, बालुवाटारमा कार्यालयको रिसेप्सनमा आफूले आपूर्ति गर्न चाहेको सामग्री/सेवाको विवरण सहित प्रत्येक कार्यको लागि छुट्टाछुट्टै ने. रु. १००० को रसिद सहित निवेदन दर्ता गराउनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यससँग सम्वन्धित सम्पूर्ण अधिकार कार्यालयमा सुरक्षित रहनेछ ।

आपूर्ति गर्नुपर्ने सामग्रीहरु तथा सेवाको विवरण

१. सुरक्षाकर्मी र सरसफाई श्रमिकको लागि आवश्यक युनिफर्म : सर्ट, पेन्ट, स्वीटर, ज्याकेट लगायत युनिफर्मसँग सम्वन्धित सम्पूर्ण सामाग्रीहरु
२. सुरक्षाकर्मी र सरसफाई श्रमिकहरुको लागि आवश्यक बुट/सुज (महिला र पुरुष)
३. खुकुरी र ब्याटन
४. स्टेशनरी सामानहरु
५. प्रिन्टीङ्ग सम्वन्धी कार्यहरु
६. सरसफाईका लागि आवश्यक केमिकल तथा अन्य उपकरणहरु
७. सवारी साधन भाडामा दिने (ट्रान्सपोर्ट)
८. सामान दुवानी र कस्टम किल्यरिङ्ग गर्ने (किल्यरिङ्ग एजेन्ट)
९. विज्ञापन एजेन्सी
१०. यातायात टिकट (ट्राभल एजेन्सी)
११. युनिफर्म सिलाई
१२. पिउने पानी
१३. कानूनी तथा अन्य परामर्श सेवा
१४. निर्माण ठेकेदार (साना र ठूला)
१५. विद्युतीय तथा प्लम्बिङ मर्मत संभार सेवा
१६. कार्यालय सामग्री : कम्युटर तथा अन्य कार्यालयमा प्रयोग हुने उपकरणहरु
१७. रोजगार सम्वन्धि परामर्श सेवाहरु
१८. बीमा पोलेसी (बीमा सुरक्षा नीति)

अन्य जानकारीहरु

  • सूची दर्ताको लागि निवेदन दिनेहरु मध्येबाट प्रक्रिया पुगेका आपूर्ति कर्ता कम्पनी/फर्महरुलाई मात्र सूचीकृत गरिनेछ । व्यावसायिक र अनुभवी संघ, संस्थाहरुलाई विशेष ग्राह्यता दिइनेछ ।
  • सूचीकृत भएका कम्पनी/फर्महरुबाट आवश्यकता अनुसारको गुणस्तरीय सामग्री /सेवा प्राप्त गर्ने कार्यको लागि कोटेशन घटाघट बोलकबोलद्वारा भाग लिन अनुरोध गरिएको छ । गुणस्तरमा कुनै सम्झौता हुने छैन ।
  • सूचीकृतमा पर्ने कम्पनी/फर्महरुलाई सूचीकृत भएको जानकारी पत्रद्वारा गराइनेछ ।
  • सूचीकृतमा पर्ने कम्पनी/फर्महरुले सन्तोषजनक सेवा/सामग्रीहरु समयमा आपूर्ति नगरेमा सूचीबाट नाम हटाउन सकिनेछ । यस उपर कुनै दावी बिरोध गर्ने पाइने छैन ।
  • अन्य कुनै कुरा बुझ्नु परेमा कार्यालय समयभित्र यस कम्पनीको प्रशासन शाखा वा फोनमा सम्पर्क राखी बुझ्न सकिनेछ ।
  • दर्ता गर्ने अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट वा बिदापछि कार्यालय खुलेको दिन गरिनेछ ।

जि. फोर. एस. नेपालमा सूची दर्ता गर्ने बारेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !