१९ असार २०८१, बुधबार

प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार


स्थानीय निर्वाचन

काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ ।

निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको मनोनयनको बिहीबार राति प्राप्त सूचीअनुसार ७ सय ५३ स्थानीय तहमध्ये नेकपा एमालेले ७ सय ३८ पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भने ६ सय ४६ पालिकामा मात्रै प्रमुख पदमा उम्मेदवारी दिएको छ ।

आयोगको सूचीअनुसार कांग्रेसले १ सय ७ पालिका प्रमुख र एमालेले १५ पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छैन । एमालेका तर्फबाट स्थानीय तहको प्रमुखमा २ सय ९१ जनाको उम्मेदवारी पर्दा उपप्रमुख पदमा २ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, कांग्रेसकोतर्फबाट परेको उम्मेदवारीको सूचीअनुसार स्थानीय तहको प्रमुख पदमा २ सय ६५ र उपप्रमुखमा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट २ सय १८ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, पालिका अध्यक्षमा एमालेका तर्फबाट ४ सय ४७ र उपाध्यक्षमा एमालेको ४ सय ४५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै, कांग्रेसकातर्फबाट भने पालिका अध्यक्षमा ३ सय ८१ र उपाध्यक्षमा ३ सय ६० जनाको उम्मेदवारी परेको छ ।

एमाले
कुल पालिका प्रमुख ७३८
प्रमुख २९१
अध्यक्ष ४४७
वडाध्यक्ष ६५२२

नेपाली कांग्रेस
कुल पालिका प्रमुख ६४६
प्रमुख २६५
अध्यक्ष ३८१
वडाध्यक्ष ६१४०

यसैगरी, देशका ६ हजार ७ सय ४३ वडाको वडाअध्यक्ष पदका लागि एमालेकातर्फबाट ६ हजार ५ सय २२ जनाको उम्मेदवारी पर्दा कांग्रेसको तर्फबाट ६ हजार १ सय ४० जनाको वडा अध्यक्ष पदमा उम्मेदवारी परेको पाइएको छ ।  यो समाचार आजको राजधानी दैनिकमा समाचार छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !