१२ असार २०८१, बुधबार

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?


स्थानीय निर्वाचन

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा केही रकम धरौटीबापत राख्नुपर्नेछ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकम उल्लेख छ । निर्वाचन आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा सो व्यवस्थाअनुसार उम्मेदवारसँग धरौटीबापतको रकम लिनेछ । सो रकम उम्मेदवार दर्ताको शुल्क भने होइन ।

नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिले १ हजार ५ सय रूपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । यस्तै, वडाध्यक्ष पदका लागि १ हजार रूपैयाँ र वडा सदस्य पदका लागि उम्मेदवारको मनोनयन दर्ता गराउँदा ५ सय रूपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ ।

तर, धरौटी रकममा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिले ५० प्रतिशत धरौटीबापतको रकम छुट पाउने व्यवस्था छ ।

निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले फिर्ता गर्नेछ । आजको राजधानी दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !