२ जेष्ठ २०८१, बुधबार

काठमाडौंकेन्द्रित मानसिकता परिवर्तन नहुँदा संघीयता कार्यान्वयनमा बाधा


पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । हाम्रो संविधानमा तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना समेटिएको छ। संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचनबाट तीन तहमा जनप्रतिनिधि चयन र सरकार निर्माणसँगै औपचारिक रुपमा संघीयता कार्यान्वयन सुरु भएको हो ।

तीन तहका सरकारको पहिलो कार्यकाल सकिनै लाग्दा संघीयतालाई बलियो बनाउन आवश्यक कानुन निर्माण हुन सकेका छैनन् । त्यसैले अधिकार सम्पन्न भनिएका प्रदेश केन्द्रमाथि पूर्ण निर्भर छन् । प्रदेशलाई राजस्व संकलन तथा स्रोतको खोजी गर्ने अधिकार प्राप्त भएको छैन ।

तीन तहको सरकारबीच समन्वय कायम गर्न बस्नुपर्ने अन्तर प्रदेश परिषद् बैठक नियमित नबस्ने र बसे पनि औपचारिकतामा मात्र सीमित हुने गरेको अवस्था छ । यसले संघीयताको सहज कार्यान्वयनमा बाधा उत्पन्न भइरहेको जानकार बताउँछन् । काठमाडौंकेन्द्रित मानसिकता परिवर्तन नहुँदा समस्या भएको गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका एमाले नेता पृथ्वीसुब्बा गुरुङ बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !