९ असार २०८१, आइतबार

सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन


सत्ता गठबन्धन बैठक

काठमाडौं । देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ । केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ-आफ्नो अडानले विवाद देखिएको छ ।

काठमाडौँका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । स्थानीय तहको नेतृत्व बाँडफाँटको विषयमा प्रारम्भिक छलफल भए पनि सहमति जुट्न नसकेको बताए ।

एकीकृत समाजवादीले काठमाडौँको कागेश्वरीमनोहरा, बूढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !