८ असार २०८१, शनिबार

ओलीबाहेक २०४८ पछिका सबै प्रधानमन्त्री प्राविधिक रूपमा मात्रै बहुमतमा


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक २०४८ सालपछिका सबै प्रधानमन्त्री प्राविधिक रूपमा मात्रै बहुमतमा रहेका छन् ।

विगत १५ वर्षअघिको दृष्टान्त हेर्दा अपवादबाहेक प्रत्यक्ष निर्वाचन प्रणालीमा प्राविधिक बहुमतका आधारमा अल्पमत ल्याउनेले जनतामाथि शासन गर्दै आइरहेका छन् ।

२०४८ सालमा नेपाली कांग्रेसले बहुमतको सरकार बनायो तर उसको प्राविधिक रूपमा बहुमत मात्रै थियो । त्यतिबेला कांग्रेसको मत ३७.७५ प्रतिशत मात्रै थियो । ६३ प्रतिशत जनता कांग्रेसको विपक्षमा थिए ।

तर, पनि सरकारको नेतृत्व अल्पमत ल्याउने दल कांग्रेसले गर्यो । २०५६ को चुनावपछि फेरि कांग्रेसले बहुमतको सरकार चलाए पनि उसको मत भने ३६ प्रतिशत मात्रै थियो । ६३.८६ प्रतिशतमा रहेको बहुमत विपक्षमा बस्न बाध्य भएको थियो ।

२०६४ को संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १० बाट जितेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले ४१ प्रतिशत मत प्राप्त गरेका थिए । त्यतिबेला काठमाडौं १० का ५९ प्रतिशत जनता विपक्षीमा थिए । तर, पनि सरकारको नेतृत्व दाहालले गरे ।

यदि ५० प्रतिशतभन्दा बढी मतका आधारमा विजयी हुने प्रणालीले उसैले नेतृत्व गर्ने भनेको भए त्यतिबेला तत्कालीन माओवादीकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने थिए किनकि भट्टराईलाई गोरखाका ६० प्रतिशतभन्दा बढी जनताले मन पराएका थिए ।

त्यस्तै, २०७० सालको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनालले इलाम १ मा पाएको मत ३७.७२ प्रतिशत मात्रै हो । ६६.२८ प्रतिशत मत खनालको विपक्षमा थियो । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !