१७ असार २०८१, सोमबार

नल्लु घटना : दुई दिन पनि टिकेन खुसी


काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो ।

तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् ।

नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृत्यु भएको हो ।

सो गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका अनुसार मृत्यु हुने अन्यमा काइँलीकी माहिला छोरापट्टिका छोरा नौ वर्षीय आशिष स्याङ्ता, सात वर्षीया आस्मा स्याङ्तान र कान्छी बुहारी २२ वर्षीया सुष्मा स्याङ्तान रहेका छन् । सुष्मा दुईदिने शिशुकी आमा हुन् ।आजको राजधानी दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !