१२ आश्विन २०८१, शनिबार

जसपाका अध्यक्ष उपेन्द्र यादवको अधिकार खोसियो


उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरिएको छ ।

फागुन १३, १४ र १५ गते बसेको कार्यकारिणी समितिको बैठकपछि यादवको अधिकार कटौती गरिएको हो । यो निर्णयसँगै जसपाभित्र चर्किएको विवाद केही मत्थर भएको छ।

अबदेखि जसपाले निर्वाचन आयोगमा बुझाउने उम्मेदवारी मनोयन पत्र तथा जसपाले गर्ने हरेक निर्णयमा ३ जना नेता संघीय परिषद् का अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको सहमति अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ ।

यस निर्णयबाट अबदेखि कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवसँग मात्र नरहेको भट्टराईपक्षीय नेताहरूको बुझाइ छ। उनीहरूको बुझाइमा कार्यकारिणी अधिकार अबदेखि संघीय परिषद्का अध्यक्ष भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता राईसँग रहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !