११ आश्विन २०८१, शुक्रबार

मृत्युसंस्कारमा पनि देखासिकी


मृत्युसंस्कार

काठमाडौं । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे ।

बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए । सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गरे ।

सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् ।

शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ । यसरी अन्त्येष्टिका लागि घरदेखि घाटसम्म पु-याउँदा कपडामा नै लाखभन्दा बढी रुपियाँ खर्च हुने बताइएको छ ।

अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको ८५ वर्षीय कर्णबहादुर रावलले बताए। इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन साहुसँग ऋण काढेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको उनले जनाए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !