११ आश्विन २०८१, शुक्रबार

२४ लाख खोप हराएको छैन : छानबिन समिति


नेपालमा कोरोना खोप

काठमाडौं । कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ ।

समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।

समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ ।

मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए । उनले प्रतिवेदन बुझेको जानकारी दिँदै प्रतिवेदनमा के छ भनेर आफूले पनि हेर्न नपाएको बताए । आजको गोरखापत्र पत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !