१३ असार २०८१, बिहिबार

मधेसमा एमाले-लोसपा गठबन्धन


केपी शर्मा ओली र महन्थ ठाकुर

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सहकार्य गर्ने भएका छन् ।

एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने सङ्केत देखिएको छ ।

केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षबीच सम्बन्ध राम्रो थियो ।

ठाकुर र महतोले ओलीलाई सहयोग गरेको विषयलाई लिएर जसपामा विवाद भयो । जसपाका ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेता पार्टी फुटाउन तर भए तर उनीहरू ओलीसँगको सम्बन्ध टुटाउन तयार भएनन् ।

जसपाबाट अलग भएर ठाकुर महतोलगायतले लोसपा गठन गरे । ओली प्रधानमन्त्रीबाट हटेपछि पनि ठाकुर महतोलगायतका नेताले उनीसँगको सम्बन्ध कायमै राखे ।

बेला बेलामा ओलीलाई भेट्न ठाकुर, महतोलगायत नेता बालकोट पुगिरहन्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !