३१ भाद्र २०८१, सोमबार

अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा प्रधानन्यायाधीश


चोलेन्द्र शमसेर जबरा

काठमाडौं । न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् ।

सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ ।

जबराको राजीनामा माग्नेको संख्या बढ्दो छ । त्यसमा चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ । एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश जबराले यसबीच अनेक डिल गरे । तर उनको संकट झन् गहिरिँदो छ ।

प्रधानन्यायाधीश जबराले आसोज २६, २७ र २८ गते चार पूर्वप्रधानन्यायाधीशसका घरघरमा पुगेर आफ्नो संकट पार लगाइदिन आग्रह गरे । जबराले दसैँ बिदाका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !