७ मंसिर २०८१, शुक्रबार

निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते


काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।

निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन्। निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ।

एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आएका हुन्। एमाले नेता गुप्ताले जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गरेका थिए।

जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नगरपालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गरेका थिए। नेता गुप्ताले निषेधाज्ञामा भीडभाड गरेर चुनावको प्रचार गर्दै राजनीतिक कार्यक्रम गरेको तस्बिर र समाचार विभिन्न अनलाइन मिडिया र सामाजिक सन्जालमा भाइरल भएका छन्।

भीडभाड गरेर चुनावी कार्यक्रम गरिएको तस्बिर र समाचार भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ।

नेविसंघ पर्साका नेता विकास तिवारीले निषेधाज्ञामा औषधि किन्न आउने व्यक्तिलाई समेत रोकेर कुटपिट र दुर्वव्यहार गर्ने प्रहरीले चुनावी कार्यक्रम गर्दै हिँडेका सत्तारुढ दलका नेतालाई केही नभन्नुले आश्चर्य लागेको बताएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !