१९ असार २०८१, बुधबार

राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् ।

मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीसँगको संवादमा चिनियाँ समकक्षीले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् ।चिनियाँ राष्ट्रपति सीसँग झन्डै ४० मिनेट भएको संवादमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले यसअघि गरेको सहयोगलाई लिएर धन्यवाद व्यक्त गर्नुका साथै खोप खरिदका निम्ति सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । यो समाचारकान्तिपुर दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !