१५ असार २०८१, शनिबार

विज्ञको चेतावनी : काठमाडौँमा तत्काल विद्यालय खोले कोरोना झन् फैलिने र मृत्युदर पनि बढ्ने


पठनपाठन

काठमाडौँ । काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड-१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ ।

उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवम् भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कूल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरु संक्रमित हुनसक्छन् र आफ्नो घर, छरछिमेक तथा समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर बढाउन सक्छ ।’

राजधानीको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको र संक्रमणको दोस्रो लहर आउने सम्भावना समेत कायम रहेको डा. पाण्डले बताए । लकडाउन र विद्यालय बन्द रहेका कारण हालसम्म बालबालिकामा कोभिड संक्रमण कम देखिएको कान्ति बाल अस्पतालका प्रमुख बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छाले बताए ।

आगामी तीन महिनासम्म उपत्यकामा जाडो रहने र यही समयमा प्रदूषण पनि चरम अवस्थामा रहने भएकाले विद्यालय खोलेर उच्च जोखिम मोल्न नहुने विज्ञहरूले सुझाएका छन् । आजको समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !