९ असार २०८१, आइतबार

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय, १२ दिन थपियो


२ वैशाख, काठमाडौं । नेपाल सरकारले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९ं) को महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । सरकारले यसअघि नै वैशाख १८ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।

भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । आज म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने २ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि पनि ३ चोटी थपिसकेको छ चैत ११ गते बिहान ६ बजेदेखि सुरु हुनेगरी १८ गतेसम्मको लागि गरिएको थियो । त्यसपछि पुन: २५ गतेसम्मको लागि थप गरेको हो । त्यसपछि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन बैशाख ३ गतेसम्मको लागि थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !