७ मंसिर २०८१, शुक्रबार

गणले तन्त्रलाई आफ्नो मान्न छोडे यस्तो जुलुस फर्की आउन सक्छ, अर्कै नारा बोकेर: विजय पाण्डे


विजय कुमार पाण्डे

१५ जेठ, काठमाडौं । पत्रकार तथा लेखक विजय कुमार पाण्डेले समयक्रममा, हर क्रान्तिको रंग फिक्का पर्दै जाने बताएका छन् । आज एक स्टाटस लेख्दै पाण्डेले हर क्रान्तिको रंग फिक्का पर्दै जान्छ र बाकी त्यो दिनको सम्झनाको मधुरो धर्सो रहने बताएका छन् ।

पाण्डेले गणतन्त्रको लागि गरिएको क्रान्तिलाई सम्झिँदै लेखेका छन्, “हर क्रान्तिको रंग फिक्का पर्दै जान्छ । बाकी रहन्छ, त्यो दिनको सम्झनाको मधुरो धर्सो ! शासकले जनताको- सुखदुखमा साथ दिए,अवस्था सुधारे; एउटै क्रान्तिले पनि पचासौ, सैकडौ बर्ष काम गर्छ । तर गणले, तन्त्रलाई, आफ्नो मान्न छोडे,यस्तो जुलुस फर्की आउन सक्छ, अर्कै नारा बोकेर !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !