२० असार २०८१, बिहिबार

सरकारले दुई लाख ज्येष्ठ नागरिकलाई परिपचपत्र वितरण


असोज २१, काठमाडौँ | सरकारले विगत दुई वर्षमा दुई लाख ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब २२ लाख रहेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण महाशाखाका अनुसार प्रत्येक जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयबाट ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई विगत दुई वर्षदेखि परिचयपत्र वितरण गरिँदै आइएको छ ।

सबैभन्दा बढी करिब ७० हजार परिचयपत्र उपत्यकाबाट वितरण गरिएको शाखा प्रमुख मीरा शेरचनले राससलाई जानकारी दिनुभयो । परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकले यातायात सेवा र अस्पतालमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । अस्पताल र यातायात सेवामा ५० प्रतिशत छुटको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै धर्ना दिँदै आएका छन् ।

“खासगरी ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकलाई परिचयपत्र पाउँदा के फाइदा हुन्छ भन्ने जानकारी नभएका कारण पनि त्यस क्षेत्रका ज्येष्ठ नागरिक कमै मात्रामा परिचपपत्र बनाउन आएको देखियो” – प्रमुख शेरचनले भन्नुभयो । महिला, बालबालिका कार्यालयले वितरण गर्दै आएको सो परिचयपत्र अबदेखि स्थानीय निकायबाट वितरण गरिने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा २०५१ सालमा प्रतिमहिना रु १०० बाट शुरु गरिएको र अहिले रु दुई हजार पु¥याइएको वृद्धभत्ता ७० वर्ष पुगेका ज्येष्ठ नागरिकले पाइरहेका छन् ।

सो वृद्धाभत्ता कानूनअनुसार ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले पाउनुपर्ने ज्येष्ठ नागरिकको भनाइ छ । सरकारले कोही आफन्त नभएका वृद्धवृद्धाको हेरचाहका लागि सञ्चालन गरेको पशुपति वृद्धाश्रममा १९० जना वृद्धवृद्धा रहेका छन् । देशैभरि करिब ८८ वटा वृद्धाश्रम सञ्चालनमा छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !