१२ असार २०८१, बुधबार

सप्तरीमा खुसी साट्दै गर्दा निर्वाचित वडा सदस्यको मृत्यु


असोज ६, राजविराज । सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका वडा नम्बर–२ बाट निर्वाचित दलित महिला सदस्य ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी निर्वाचित भएकी थिइन् ।

जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुसी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए । उनका एक छोरा र दुई छोरी छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !