१७ असार २०८१, सोमबार

मन्त्रिपरिषद् बैठक आज, एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी


मन्त्रीपरिषद

काठमाडौं, बैशाख २४ । सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेसँगै लकडाउन पुन बढ्ने भएको खबर राजधानी दैनिकमा छापिएको छ।

समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ । बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !