१८ असार २०८१, मंगलबार

नेकपा (माओवादी केन्द्र) (क्रान्तिकारीले)विद्यार्थीको गुनासो सम्बोधन गर्न हेल्पडेक्स


भाद्र २८, काठमाडौँ  | नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारीले) विद्यार्थीको गुनासा सम्बोधन गर्न ‘हेल्प डेक्स’ संचालनमा ल्याएको छ । उपत्यका बाहिरबाट आएका विद्यार्थीलाई शैक्षिक समस्या समाधान गर्ने अभिप्रायले हेल्प डेक्स स्थापना गरिएको क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले जानकारी दिनुभयो ।

हेल्प डेक्समा विद्यार्थीले फोनमार्फत आफ्ना गुनासा राख्नेछन् र ती गुनासोलाई क्रान्तिकारीका उपमहासचिव निलम एनसी र सचिव डिवि साउदले सम्बोधन गर्नेछन् । क्रान्तिकारीको केन्द्रीय कार्यालयमा हेल्प डेक्स सञ्चालन गरिएको छ । ०१–४२४३१०८ नं मा फोन गरी विद्यार्थीले आफूलाई पढाइको बारेमा परेको गुनासो राख्न सक्नेछन् । विद्यार्थीले कुन विषय कहाँ के पढ्ने, कति खर्च लाग्छ, छात्रवृत्ति कसरी प्राप्त गर्ने जस्ता गुनासोको सम्बोधन हुने छ ।

सचिव साउदले दैनिक अहिले २० जना कार्यालयमा र ५० भन्दा बढी फोन आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरै जसो दश जोड दुई र स्नातक तहका विद्यार्थीले कुन विषय कहाँ पढ्दा राम्रो हुन्छ र छात्रवृत्ति कसरी प्राप्त गर्न सकिन्छ भनेर जिज्ञाशा राख्ने गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !