८ असार २०८१, शनिबार

आजदेखि दशैँका लागि अग्रीम टिकट बुकिङ खुल्यो


भदौ २७, काठमाडौं  । नेपालीहरुको महान चाड बडा दशैंका लागि घर जाने यात्रुहरुले मंगलबार (आज)देखि अग्रीम टिकट बुकिङ गर्न पाउने भएका छन् । दशैँमा घर फर्कन चाहने यात्रुले नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट मंगलबार (आज)देखि बसको टिकट लिन सकिने यातायात व्यवसायीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकाबाट दशैँ मानाउन करिव २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । यात्रु नठगिउन भनेर सरकारले ट्राफिक प्रहरीसँग सहकार्य गरी नियमित अनुगन गर्ने जनाएको छ ।

सरकारले यसअघि भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरे पनि विभिन्न माग तेस्र्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् । गत शनिबार यातायातमन्त्री वीरबहादुर बलायरसँग भएको वार्ता सहमतिमा पुगेपछि यातायात व्यावासायी मंगलबार (आज)बाट अग्रिम टिकट बुकिङ खोल्न राजी भएका हुन् ।

मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !