१२ असार २०८१, बुधबार

नेपाल वैकल्पिक चिकित्सा विकास परिषद्द्वारा जनहित जारी सन्देश


नेपाल वैकल्पिक चिकित्सा विकास परिषद

हाम्रो देश अल्पविकसित छ । हामी विदेशी उत्पादन प्रयोग गर्न बाध्य छौं । नेपालमा अहिलेसम्म सरकारको मातहतमा शाहि औषधि लिमिटेड र सिंहदरबार वैद्यखाना मात्र बचेको छ । शाही औषधि लिमिटेडले सेनिटाइजर र पारासिटामोल मात्र उत्पादन गर्न सकेको देखिन्छ ।

तर सिंहदरबार वैद्यखानामा भने आयुर्वेदिक औषधि उत्पादन त्यति हुन सकेको छैन । यो दु:खद हो सरकारले उत्पादन गर्न सक्ने अवस्था छ । हिजो राजसंस्थाका पालाका उद्योग सवै समाप्त भएको अवस्था छ । बेरोजगार बढेको छ यो बढ्न रोक्न एक मात्र आधार भनेको उद्योग हो यो सरकारले लगाउन सक्ने अवस्था नभएको देखिन्छ ।

यहाँ राजनीति दललाई दोषी लगाउन पनि हुदैन किनकि जनताले नै ल्याएकाले जे भएको छ राम्रो भएको भन्दै चित्त बुझाउनुपर्ने समय आएको छ । हामी अहिले दु:खद घडीमा छौं । नोबेल कोरोनाबाट कसरी बच्ने र बचाउने भन्नेतर्फ सवै लाग्नुपर्ने समय आएको छ ।

सरकार भन्दा जनताको मनोबल उच्च भएमा देशले काचुली फेर्न सक्ने निश्चित छ । हतास भएर होइन यो समय रोग लाग्नुबाट आफु र अरूलाई बचाउनुपर्ने देखिएको छ । देशमा विदेशी मुलुकका या अपरचित व्यक्ति देखेमा सरकारलाई जानकारी दिन सके रोग सर्नबाट बचाउन सकिनेछ ।

हाम्रो देशमा खेर गएका चमत्कारिक औषधि यदि हामीले प्रयोग गर्न सक्छौ भने हामीले देशलाई समेत संमृद्धि बनाउन सक्छौं । हाम्रो जंगलमा जडिबुटी रोपौं यसले देशलाई ठूलो फाइदा हुन सक्नेछ । जडिबुटी हाम्रो सम्पदा हो यसलाई खेर जान दिनुहुदैन ।

अहिले हाम्रो देशले समयमा लकडाउन गर्नाले रोग फैलिनबाट रोकेको छ । अझ केहि समय रोकेर यो रोग बढ्न दिनबाट रोक्नुपर्छ । यो घडिमा पर्न गएको समस्या सबैले साझा गरौं बाँडीचुडी खाउ भन्ने हाम्रो राय छ । मरेर लानु केहि छैन यो सबैले बुझ्नु‌पर्ने समय आएको छ ।

अन्तमा ३ मिटरको दुरीमा रहेर हातलाई साबुन पानीले हात धुने काममा जुटौं लकडाउनको पालना गरौं । ज्वरो आएको छ, रूघा लागेको छ, दम बढेको छ, सास लिन कठिन भएको छ भने डाक्टरको परामर्शमा उपचार गराउन हार्दिक अनुरोध छ । श्रीपशुपतिनाथले सबैको रक्षा गरून ।

डा. राम बहादुर बोहरा
अध्यक्ष
नेपाल वैकल्पिक चिकित्सा विकास परिषद्, नवलपरासी सुस्ता पुर्ब


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !