३१ भाद्र २०८१, सोमबार

राष्ट्रियसभा बैठक स्थगित


काठमाडौँ, ७ चैत । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगन भएको छ ।

कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भएको हो । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो । यसअघि प्रतिनिधिसभाको बैठक पनि अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !