२२ भाद्र २०८१, शनिबार

रित्तै कतार उड्यो, नेपाली लिएर आयो


नेपाल एयरलाइन्स

फागुन २८, काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै जहाज रित्तै उड्नु परेको हो ।

त्रिभुवन विमानस्थलका अनुसार कतारमा नेपाल एयरलाइन्सको विमान रित्तै गएर नेपाली ल्याएको थियो । ‘जाँदा रित्तै गयो, आउँदा नेपाली लिएर आयो ।’ –विमानस्थलमा खटिएका एक कर्मचारीले भने ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झन्डै ५० प्रतिशत यात्रु घटेका छन् ।

प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान निकै नै प्रभावित भएको बताए । ‘कोरोनाका कारण यात्रु झन्डै आधा घटेका छन् ।’ –उनले भने । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !