२२ भाद्र २०८१, शनिबार

ठाकुर ज्ञवाली नयाँ आईजीपी बन्दै


ठाकुर ज्ञवाली

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजीपी) मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आईजीपी चयनको टुङ्गो नलागेपछि प्रधानमन्त्री ओलीले मङ्गलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेस गर्न गृहमन्त्री रामबहादुर थापा र मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका हुन् ।

‘गृहमन्त्री थापा र मुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मङ्गलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘त्यहीअनुसार प्रस्ताव तयार गरिनेछ ।’ आईजीपी सवेन्द्र खनाल, ३ एआईजी पुस्कर कार्की, ठूले राई र धीरु बस्न्यात तथा १८ डीआईजीहरु मङ्गलबारबाट एकैपटक अवकाश हुँदैछन् । तर अवकासको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपी को भन्ने निर्णय गर्न सकेन ।

मन्त्रिपरिषद्ले सोमबारै भावी आईजीपीमा ज्ञवाली वा सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल मध्ये एक जनालाई चयन गर्ने आँकलन गरिएको थियो । तर, ३० वर्षे विवादपछि प्रधानमन्त्री ओलीले मङ्गलबार पुनः बैठक बस्ने भन्दै टुङ्ग्याएका थिए । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । कान्तिपुर दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !