६ जेष्ठ २०८१, आइतबार

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता पुस २० गते


election

२ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।

७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

मतदान माघ ९ गते हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !